२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • नक्कली पीडितहरू खडा गराउनेहरूलाई कारबाही हुन्छः...

नक्कली पीडितहरू खडा गराउनेहरूलाई कारबाही हुन्छः गृहमन्त्री

नक्कली पीडितहरू खडा गराउनेहरूलाई कारबाही हुन्छः गृहमन्त्री

शुक्रवार, जेठ ३० २०८२०६:०४
शुक्रवार, जेठ ३० २०८२०६:०४
  • images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध पार्टी कार्यालयमा बोलाएर नक्कली पीडित खडा गर्न खोजिएको आरोप लगाएका छन्। उनले नक्कली पीडित खडा गरेर किर्ते र जालसाजी गर्ने व्यक्तिलाई खोजेर कारबाही गर्ने चेतावनी पनि दिए। उनले नक्कली पीडित खडा गराउने र नक्कली जाहेरी लेख्ने विषयमा आफू जानकार भएको बताए।

    'केही पार्टी कार्यालयमा नक्कली र तथाकथित पीडितहरूलाई बोलाएर, तथाकथित जाहेरी लेखेर मेराविरुद्ध जाहेरी दिने तयारी गरिएको छ। कुन पार्टी कार्यालयमा त्यस्तो काम भइरहेको छ, मलाई जानकारी छ। त्यस्ता किर्ते र जालसाजी काम नगर्न आग्रह छ। नक्कली पीडितहरूलाई खडा गराउनेहरूलाई पत्ता लगाएर कारबाही गरिनेछ,' उनले भने। गृहमन्त्री लेखकले आफूप्रति राजनीतिक प्रतिशोध नसाँध्न आग्रह पनि गरे।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend