२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • ग्वार्को फ्लाईओभरमा केही दिनमै यातायात सञ्चालन...

ग्वार्को फ्लाईओभरमा केही दिनमै यातायात सञ्चालन हुने

ग्वार्को फ्लाईओभरमा केही दिनमै यातायात सञ्चालन हुने

शनिवार, जेठ ३१ २०८२०५:२२
शनिवार, जेठ ३१ २०८२०५:२२
  • images

    काठमाडौं । ललितपुर ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ। फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरू बाँकी छ। २\३ दिनभित्रै बाँकी कामहरू पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले बताए। 

    फ्लाईओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाईओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिलाइ भएको बताए। यसैगरी अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले बताए। 

    निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैसीले मुख्य संरचनाहरूको निर्माण पूरा भएको र अब केही दिन भित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend