२०८३, आश्विन २२ गते

images

स्वीकृति नलिइ सडक र फुटपाथ खन्नेलाई ललितपुर महानगरद्वारा कारबाहीको चेतावनी

स्वीकृति नलिइ सडक र फुटपाथ खन्नेलाई ललितपुर महानगरद्वारा कारबाहीको चेतावनी

सोमवार, आषाढ २ २०८२०१:५९
सोमवार, आषाढ २ २०८२०१:५९
  • images

    काठमाडौं । ललितपुर महानगरपालिकाले सहर क्षेत्रको सडक तथा पैदल मार्ग (फुटपाथ)मा जथाभावी नखन्न चेतावनी दिएको छ। 

    ललितपर महानगरपालिकाले आज सूचना जारी गर्दै विना स्वीकृति अनाधिकृत रुपमा फुटपाथ र सडकहरुमा खन्ने, फुटाउने तथा उप्काउने कार्य भइरहेको भन्दै त्यसो नगर्न स्थानीयलाई सचेत गराएको हो। 

    ‘यस्तो कार्यले महानगरको सौन्दर्यकरण र वातावरणमासमेत प्रतिकूल असर पर्नुका साथै सवारी दुर्घटनाको जोखिम र पैदल यात्रुलाईसमेत समस्या पर्न गएको गुनासाहरु आएका छन्,’ सूचनामा भनिएको छ, ‘नियमअनुसार सहमती लिएर मात्रै सडक तथा फुटपाथ खन्ने कार्य गर्नुहोला। अन्यथा नियमअनुसार कारबाही हुनेछ।’

    यस वर्षको वर्षायाम सुरु भएकाले असार, साउन र भदौ (तीन महिना)सम्मको लागि सडक खन्न र फुटपाथ विगार्ने कार्यको स्वीकृतिसमेत रोक्का गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend