२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बैंकिङ कसुरमा जेल पठाइएका युवकको मृत्यु,...

बैंकिङ कसुरमा जेल पठाइएका युवकको मृत्यु, कारागार प्रशासनको भूमिकामाथि प्रश्न उठ्दै

बैंकिङ कसुरमा जेल पठाइएका युवकको मृत्यु, कारागार प्रशासनको भूमिकामाथि प्रश्न उठ्दै

बुधवार, आषाढ ४ २०८२०७:१८
बुधवार, आषाढ ४ २०८२०७:१८
  • images

    काठमाडौँ । कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ तर उनको शव दुई दिनदेखि उठेको छैन ।सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले जानकारी दिए ।


    उनी बैंकिङ कसुरका आरोपी हुन् । अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको जेलर तिमिल्सिनाले बताए । मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुर्‍याउने बेला उनलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको तिमिल्सिना बताउँछन् ।


    नको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक समेत देखिएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । उनको शव प्रादेशिक अस्पतालमै छ । पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो ।

    त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend