२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • संघीय संसदको नयाँ क्यालेण्डरः निजामती सेवा...

संघीय संसदको नयाँ क्यालेण्डरः निजामती सेवा विधेयक असार १५ गते अघि प्रस्तुत नहुने

संघीय संसदको नयाँ क्यालेण्डरः निजामती सेवा विधेयक असार १५ गते अघि प्रस्तुत नहुने

बुधवार, आषाढ ४ २०८२०३:२८
बुधवार, आषाढ ४ २०८२०३:२८
  • images

    काठमाडौं । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ असार १५ गते अगाडि प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत नहुने भएको छ । 

    सङ्घीय संसद् सचिवालयका असार १४ गतेसम्मका लागि तय गरेको कार्यतालिकामा यो विधेयकमाथि छलफल र पारित गर्नका लागि पेस गर्ने कार्यसूची छैन । सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा अब असार १४ गतेसम्म प्रतिनिधिसभा बैठक ५, ६, ७, ८, ९, १० र १४ गते बस्नेछ । 

    त्यसमा बजेटसम्बन्धी विषयबाहेक राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१’ छलफल र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमात्रै समावेश गरिएको छ । 

    सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले निजामती कर्मचारी विधेयक असार १४ गतेसम्मको कार्यतालिकामा नराखिएको बताए । 

    calnder.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend