२०८३, आश्विन २१ गते

images

ललितपुरमा ग्याङ फाइट, २ जना घाइते

ललितपुरमा ग्याङ फाइट, २ जना घाइते

आइतवार, आषाढ ८ २०८२१०:०८
आइतवार, आषाढ ८ २०८२१०:०८
  • images

    ललितपुर । ललितपुरमा दुई पक्षबीच झडप (ग्याङ फाइट) हुँदा दुई जना घाइते भएका छन्। आइतबार अपराह्न ४ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर ४ विष्णुदेवी मन्दिर स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

    झडपमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको परिचय खुलाएको छैन। धारिलो हतियार प्रहारबाट महोत्तरी घर भई ललितपुर-३ धोबिघाट बस्ने ३० वर्षीय रञ्‍जीत मगर र कैलाली घर भई विष्णुदेवी मन्दिर नजिकै बस्ने २६ वर्षीय खगेन्द्र बयक घाइते छन् ।

    एसपी जोशीका अनुसार मगरको पेटमा चोट लागेको छ । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ। खगेन्द्रको भने नाकमा चोट लागेको हो । उनी बोल्न सक्ने अवस्थामा छन्। हाल पक्राउ परेका एक जना रञ्जीतको पक्ष र अर्का खगेन्द्र पक्षका हुन् ।

    उनीहरूले कैँची प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान भइरहेको हुँदा अन्य नखुलेको एसपी जोशीले बताए । दुई वटा समूहबीच शनिबार पनि सामान्य विवाद भएको थियो । विवाद भएपनि झडपको स्थितिमा भने पुगेको थिएन ।

    उनीहरू लागुऔषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend