काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा कम्पनी र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौं नेपालीको बिचल्ली भएको छ ।
राति ११ बजे बोडिङ पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए ।
वायुसेवा कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ। कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो ।

