२०८३, आश्विन २२ गते

images

रत्नपार्कमा गुडिरहेको ईभी स्कुटरमा लाग्यो आगो

रत्नपार्कमा गुडिरहेको ईभी स्कुटरमा लाग्यो आगो

बुधवार, आषाढ ११ २०८२०१:३९
बुधवार, आषाढ ११ २०८२०१:३९
  • images

    काठमाडौं । काठमाडौं रत्नपार्कमा गुड्दै गरेको विद्युतीय सवारीमा आगो लागेको छ । प्योर ईभी कम्पनीको ‘ई–प्लुटो ७ जी’ मोडेलको एक विद्युतीय स्कुटरमा गुड्दागुड्दै आगलागी भएको ट्राफिक प्रहरीले जनाएको छ ।

    बुधबार बिहान पौने १० बजे रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि आइपुगेको स्कुटरमा अचानक आगो लागेको थियो । बागमती प्रदेश–०२–०१९ प ६२४६ नम्बरको स्कुटरमा आगलागी भएको हो । 

    आगलागीका कारण स्कुटर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति भएको छैन । 

    ev aagalagi.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend