२०८३, आश्विन २२ गते

images

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यातायात पूर्ण रूपमा ठप्प

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यातायात पूर्ण रूपमा ठप्प

सीएनएन खबर
सोमवार, आषाढ १६ २०८२१२:२९
सीएनएन खबर
सोमवार, आषाढ १६ २०८२१२:२९
  • images

    काठमाडौँ । वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोला र दैलेखको जितेमा पहिरो खसेको हो। पहिरो खस्दा सोमबार बिहानदेखि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले आइतबार बेलुका देखिको वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जानकारी दिए। 

    अहिले जेसीभीको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ। यस्तै, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो बगिरहेको कारण अहिले त्यहाँ सवारी सञ्चालन गर्न समस्या भएको जानकारी दिए। 


    पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको मेसिन मगाइएको छ। सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्ला र सुर्खेत आवतजावत गर्ने मालबहाक तथा सार्वजनिक यातायातका साधन रोकिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend