२०८३, आश्विन २२ गते

images

रुपन्देही–३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने

रुपन्देही–३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने

सोमवार, आषाढ १६ २०८२०३:३१
सोमवार, आषाढ १६ २०८२०३:३१
  • images

    काठमाडौं । रुपन्देहीको क्षेत्र नं ३ मा आगामी कार्तिक २७ गते उपनिर्वाचन हुने भएको छ । आज बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

    आयोगका कार्यवाहक प्रवक्ता रामप्रसाद भण्डारीले आगामी कार्तिक १७ गते निर्वाचन गर्ने गरी तयारी अघि बढाइएको जानकारी गराए । गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर बोहराको निधनपछि सो क्षेत्र खाली रहेको छ ।

    आयोगले निर्वाचनको मिति घोषणा नगर्दै त्यहाँ चुनावको माहोल भने दलहरुले सिर्जना गरिसकेका छन् । त्यसो त निर्वाचन आयोगले सो क्षेत्रका मतदाताहरुलाई आफ्नो नाम मतदाता सूचीमा अध्यवधिक गर्न आग्रह गरिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend