२०८३, आश्विन २२ गते

images

एयरपोटकै कफि सपमा छैन मूल्यसूची, विभागले तिरायो २ लाख बढी जरिवाना

एयरपोटकै कफि सपमा छैन मूल्यसूची, विभागले तिरायो २ लाख बढी जरिवाना

बुधवार, आषाढ १८ २०८२०७:०७
बुधवार, आषाढ १८ २०८२०७:०७
  • images

    काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र सञ्चालीत कफि सपमै मूल्यसूची नराखेको पाइएको छ । मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विमानस्थलमा गरेको छड्के अनुुगमनमा एयरपोटमा सञ्चालित एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरीले मूल्यसूची नै नराखेको पाइएको हो । 

    विभागले मंगलबार मात्रै मूल्यसूची नराख्ने ३ उद्योग तथा फर्मलाई ७ लाख ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार ८ वटा फर्म तथा उद्योग अनुगमन गरेको थियो ।

    अनुगमन क्रममा ललितपुर महानगरपालिकामा रहेको मनमय इन्टरप्राइजेजलाई २ लाख ८० हजार, काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको इजी ट्रेडलाई २ लाख ६० हजार र एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरीलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

    ती ३ कम्पनीले आफ्ना उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागको भनाइ छ ।

    यस्तै विभागले विमानस्थलकै सोल्टी होटल लिमिटेड र ओरिएन्टल होटल लिमिटेड, सान इन्टरप्राइजेज सर्भिसेस प्रालि र साई किरण इन्टरप्राइजेजलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

    पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

    अनुगमनमा विभागले दैनिक रूपमा एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गर्ने उद्योगी–व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend