२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • आर्थिक वर्षको अन्त्यमा सरकारको नियमविपरित १४...

आर्थिक वर्षको अन्त्यमा सरकारको नियमविपरित १४ अर्बभन्दा बढी रकमान्तर, आर्थिक सुशासनमाथि प्रश्न

आर्थिक वर्षको अन्त्यमा सरकारको नियमविपरित १४ अर्बभन्दा बढी रकमान्तर, आर्थिक सुशासनमाथि प्रश्न

बिहिवार, आषाढ १९ २०८२०९:०८
बिहिवार, आषाढ १९ २०८२०९:०८
  • images

    काठमाडौं । सरकारले आर्थिक सुशासनको प्रतिवद्धता जनाउँदै आएको भए पनि बजेट खर्चमा त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । चालु आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै सरकारले १४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम नियमविपरित रकमान्तर गरेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्षको अन्त्यतिर सरकारी निकायहरूले योजनाबद्ध रूपमा खर्च नगरेर अन्तिम समयमा हतारमा रकम सार्ने प्रवृत्तिले आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ ।

    पछिल्लो तीन महिनामा वैशाखमा ४ अर्ब ५० करोड, चैतमा २ अर्ब १० करोड र फागुनमा ३ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रकम रकमान्तर गरिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । यस्तै, थप बजेट निकास पनि वैशाखमा ८८ करोड, चैतमा १ अर्ब २२ करोड र फागुनमा २ अर्ब ३८ करोड रुपैयाँ गरिएको छ । जिल्ला अदालत, सर्वोच्च अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, रक्षा, संघीय संसद, लोक सेवा आयोग, कर्णाली र गण्डकी प्रदेशलगायत तीन दर्जनभन्दा बढी सरकारी निकायले अर्बौं रकम रकमान्तर गरेका हुन् ।

    विनियोजन ऐन, २०८० को दफा ३ अनुसार कुनै शीर्षकमा भएको बचत रकमलाई अर्को शीर्षकमा सार्दा जम्मा रकमको १० प्रतिशत नबढ्ने गरीमात्र रकमान्तर गर्न पाइने व्यवस्था छ भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले बजेट विनियोजन नभएको शीर्षकमा रकमान्तर गर्नै नपाइने उल्लेख गरेको छ । तर यी कानुनी प्रावधानहरू विपरीत सरकारी निकायहरूले अर्बौं बजेट रकमान्तर गरी आर्थिक नियमको उल्लंघन गरेको देखिन्छ । गत आर्थिक वर्षमा पनि कुल बजेटको १४।६४ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी रकम रकमान्तर गरिएको थियो, जसले आर्थिक सुशासन कायम गर्ने सरकारी दाबीलाई चुनौती दिएको छ ।

    rakam 1.jpg
    undefined
    rakm-2.jpg
    undefined
    rakm-3.jpg
    undefined
    rakam 4.jpg
    undefined
    Rakam 5.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend