२०८३, आश्विन २१ गते

images

तातोपानी नाकाबाट पहिलोपटक कन्टेनरमा हेलिकप्टर आयात

तातोपानी नाकाबाट पहिलोपटक कन्टेनरमा हेलिकप्टर आयात

बिहिवार, आषाढ १९ २०८२१२:३९
बिहिवार, आषाढ १९ २०८२१२:३९
  • images

    काठमाडौं । चीनको बाटो हुँदै तातोपानी भन्सार नाकाबाट पहिलोपटक हेलिकप्टर आयात भएको छ। माउन्टेन हेलिकप्टर प्रालिले फ्रान्सको एयरबस कम्पनीमा बनेको हेलिकप्टर ४० फिटे कन्टेनरमा लोड गरेर तातोपानीसम्म ल्याएको हो।

    माउन्टेन हेलिकप्टरका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार हेलिकप्टरका पंखालगायत पार्टपूर्जा खोलेर कन्टेनरमा ल्याइएको र जाँचपासपछि तातोपानीमै जोडेर काठमाडौं उडाइनेछ।

    तातोपानी भन्सार प्रमुख राजेन्द्र प्रसाद चुडालले पनि यो पहिलोपटक तातोपानी नाकाबाट हेलिकप्टर आयात भएको बताए। उनले हेलिकप्टरमा १% भन्सार शुल्क र १३% भ्याट लाग्ने जानकारी दिए।

    कम्पनीका अनुसार समुद्री बाटोको तुलनामा चीनको बाटो हुँदै तातोपानी नाकाबाट ल्याउँदा समय बचत हुने भएकाले यो मार्ग रोजिएको हो। जाँचपासपछि हेलिकप्टर माउन्टेन फ्लाइटमा प्रयोग गरिनेछ। योसहित कम्पनीसँग अब तीनवटा हेलिकप्टर हुने भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend