२०८३, आश्विन २१ गते

images

एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा, मधेश प्रदेशमा शाखा संख्या १५ पुग्यो

एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा, मधेश प्रदेशमा शाखा संख्या १५ पुग्यो

शुक्रवार, आषाढ २० २०८२०२:०१
शुक्रवार, आषाढ २० २०८२०२:०१
  • images

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा मधेश प्रदेशको महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ मा १३३औँ शाखा सञ्चालनमा ल्याएको छ । असार १९ गते सम्पन्न उद्घाटन समारोहमा बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङूले संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

    समारोहमा वडा नं १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    बैंकले नयाँ शाखा स्थापना भएसँगै बर्दिबास तथा आसपासका स्थानीयवासीलाई अत्याधुनिक, सरल र सहज बैंकिङ सेवा प्रदान गर्न थप सहज हुने विश्वास व्यक्त गरेको छ ।

    शाखा उद्घाटनसँगै मधेश प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या १५ पुगेको छ । बर्दिबासमा शाखा कार्यालय स्थापनाले यस क्षेत्रको आर्थिक गतिविधि थप सशक्त हुने र समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा बैंकले लिएको छ ।

    एभरेष्ट बैंकले देशभर सेवा सञ्जाल विस्तार गर्दै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend