२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • लाइसेन्स प्रणालीमा समस्या, सवारी चालक अनुमति...

लाइसेन्स प्रणालीमा समस्या, सवारी चालक अनुमति सम्बन्धी सबै सेवा ठप्प

लाइसेन्स प्रणालीमा समस्या, सवारी चालक अनुमति सम्बन्धी सबै सेवा ठप्प

शुक्रवार, आषाढ २० २०८२०२:३७
शुक्रवार, आषाढ २० २०८२०२:३७
  • images


    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि यातायात व्यवस्था विभागले सबै सेवा आजदेखि बन्द गरेको छ। विभागले शुक्रबार एक सूचना जारी गर्दै ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली लगायतका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो।

    विभागले सूचनामा उल्लेख गरेको छ, “सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ।”

    विभागका अनुसार प्रणालीमा आएको समस्या समाधानको प्रयास जारी छ। समस्या समाधान नभएसम्म वा अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा बन्द नै रहने बताइएको छ।

    सेवा बन्द हुँदा नयाँ लाइसेन्स आवेदन, परीक्षण, नवीकरण लगायतका काम प्रभावित हुने भएका छन्। विभागले सेवाग्राहीलाई असुविधाका लागि क्षमायाचना गर्दै धैर्यपूर्वक प्रतीक्षा गर्न आग्रह गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend