२०८३, आश्विन २१ गते

images

बैंकमा अधिक तरलता, थप ४५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकमा अधिक तरलता, थप ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, आषाढ २२ २०८२११:५२
आइतवार, आषाढ २२ २०८२११:५२
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बजारबाट एकैसाथ ४५ अर्ब रुपैयाँ खिच्न लागेको छ । बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले ४२ दिनको अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत उक्त रकम खिच्न लागेको हो ।

    राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । सूचनामा इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ ।

    इच्छुक आवेदकले प्रस्तावित ब्याजदरसहित घटीमा केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने छ । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ ।

    निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।

    यसको सावा तथा ब्याज भदौ १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले असार लागेसँगै यो सातौ पटक  निक्षेप संकलन लागेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend