२०८३, आश्विन २३ गते

images
  • समाचार
  • रसुवा बाढीः सबैभन्दा बढी क्षति रसुवागढीमा,...

रसुवा बाढीः सबैभन्दा बढी क्षति रसुवागढीमा, सञ्चालनमा आउन समय लाग्ने

रसुवा बाढीः सबैभन्दा बढी क्षति रसुवागढीमा, सञ्चालनमा आउन समय लाग्ने

मंगलवार, आषाढ २४ २०८२०२:५९
मंगलवार, आषाढ २४ २०८२०२:५९
  • images

    काठमाडौँ। मंगलबार बिहान चीनबाट आएकाे बाढीका कारण रसुवागढी जलविद्युत आयाेजनामा भएकाे पाईएकाे छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उक्त बाढीले रसुवागढी, चिलिमेजस्ता आयोजनामा क्षति गरेको बताए ।

    बाढीले उक्त आयाेजनामा क्षति पुर्याएकाे भन्दै मानविय क्षति नभएकाे बताए। उनले साे आयोजनाबाट भइरहेको विद्युत उत्पादन केही समय बन्द हुने जानकारी दिए ।

    उनका अनुसार रसुवागढी १११ मेवाको बाँध बगाएको छ । सबैभन्दा बढी क्षति यसमै भएको शाक्यले बताए । विद्युत प्राधिकरणमा भएका क्षतिमा मानवीय क्षति भने नभएको उनले बताए । शाक्यले त्रिशुली-३ ‘बी’ आयोजनाको संरचनामा केही क्षति भएको जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend