२०८३, आश्विन २३ गते

images

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

मंगलवार, आषाढ २४ २०८२०४:३८
मंगलवार, आषाढ २४ २०८२०४:३८
  • images

    काठमाडौँ । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।   

    बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन् । 

    यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् । यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन् । 

    सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छि हुँदै विभिन्न १७ स्थानमा दुई सय ९४ जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौँज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । हासम्म त्रिशुली नदीको विभिन्न चार स्थानमा मानव अङ्ग फेला परेको बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend