काठमाडौँ । लमजुङको क्व्होलासोथार गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसर पारेर सार्वजनिक बिदा दिएको हो ।
गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार सांस्कृतिक पर्वका रूपमा ट्होटे पर्व धुमधामका साथ मनाउने परम्परा रहकाले उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बताए ।
ट्होटे पर्वको दिन आज क्व्होलासोथार गाउँपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), सबै विद्यालय तथा गाउँपालिकाभित्र रहेका बैंक, वित्तीय संस्था लगायत अन्य संघसंस्थासमेतमा स्थानीय बिदा दिने निर्णय शनिबार बसेको कार्यपालिका बैठकले गरेको उनले बताए ।

