२०८३, आश्विन २३ गते

images

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

सोमवार, आषाढ ३० २०८२११:०८
सोमवार, आषाढ ३० २०८२११:०८
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँ कायम छ । आइतबार ९असार २९० छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend