२०८३, आश्विन २२ गते

images

नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी

नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी

सोमवार, आषाढ ३० २०८२०२:१४
सोमवार, आषाढ ३० २०८२०२:१४
  • images

    काठमाडौं । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो ।

    प्रहरीले केही विद्यार्थीहरुलाई भ्यानमा कोचेको छ । उनीहरुलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न खोेज्दा घम्साघम्सी भएको थियो । नि:शुल्क, समान र वैज्ञानिक शिक्षा सहित जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले आज बिहान १० बजेदेखि माइतीघरमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

    पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरु माइतीघरदेखि नयाँबानेश्वरसम्म पुग्ने योजना थियो । तर प्रहरीले माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन सुरु गरेपछि अन्यले प्रहरी प्रशासन विरुद्ध नारा लगाइरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend