२०८३, आश्विन २२ गते

images

मध्यपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ३६ करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ३६ करोड बजेट स्वीकृत

सोमवार, आषाढ ३० २०८२०२:५२
सोमवार, आषाढ ३० २०८२०२:५२
  • images

    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्राडा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend