२०८३, आश्विन २१ गते

images

साउन १ देखि धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने, अब शनिबार पनि चढ्न पाइने

साउन १ देखि धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने, अब शनिबार पनि चढ्न पाइने

सीएनएन खबर
मंगलवार, आषाढ ३१ २०८२०७:०४
सीएनएन खबर
मंगलवार, आषाढ ३१ २०८२०७:०४
  • images

    काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय गन्तव्य धरहराको सञ्चालन समय साउन १ गतेदेखि ४ घण्टा थपिने भएको छ। अब धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछ।

    शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार अब सार्वजनिक विदाको दिन पनि धरहरा चढ्न पाइनेछ भने साप्ताहिक बिदाको दिन शनिबारको सट्टा बुधबार दिइनेछ। नागरिकका गुनासो र सुझावलाई ध्यान दिँदै धरहराको सञ्चालन अवधि बढाइएको बताइएको छ।

    २०७२ को विनाशकारी भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा २०७९ असोज ३ गते परीक्षणका रूपमा खोलिएको थियो। गत मंसिर ९ देखि सर्वसाधारणका लागि सशुल्करूपमा पूर्ण सञ्चालनमा आएको धरहरा हालसम्म २ लाख ३७ हजार ६५ जनाले अवलोकन गरिसकेका छन्।

    सात महिनाको अवधिमा धरहराबाट ४ करोड ३३ लाख रुपैयाँभन्दा बढीको राजस्व संकलन भएको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति आदेश–२०८१ अनुसार धरहराको व्यवस्थापन भईरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend