२०८३, आश्विन २१ गते

images

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

बुधवार, आषाढ ३२ २०८२०५:४६
बुधवार, आषाढ ३२ २०८२०५:४६
  • images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

    पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समर्थन फिर्ता गर्ने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार सरकारले भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार तथा संविधान संशोधनजस्ता मुख्य विषयहरूमा पूर्णतः असफल भएको निष्कर्षसहित समर्थन फिर्ता गरिएको हो।

    यसअघि असार ७–८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै समर्थन पुनर्विचार गर्न निर्देशन दिएको थियो। त्यसको निरन्तरता स्वरूप संसदीय दलबाट औपचारिक निर्णय लिइएको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend