२०८३, आश्विन २१ गते

images

मुग्लिन–नारायणगढ सडकमा कारमाथि ढुंगा खस्दा तीन जना गम्भीर घाइते

मुग्लिन–नारायणगढ सडकमा कारमाथि ढुंगा खस्दा तीन जना गम्भीर घाइते

आइतवार, श्रावण ४ २०८२०३:०१
आइतवार, श्रावण ४ २०८२०३:०१
  • images

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि अचानक ढुंगा खस्दा तीन जना गम्भीर घाइते भएका छन्।

    भारत नम्बर प्लेट भएको कारमा पाँच जना सवार थिए। कारको पछिल्लो भागमा बसेका तीन जना यात्रुहरू गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    घटनाको समय सडक क्षेत्रमा वर्षा भइरहेको थियो। यद्यपि, हाल भने वर्षा रोकिएको स्थानीयहरूले बताएका छन्। चितवन प्रहरीका अनुसार दुर्घटनाबारे थप विवरण संकलनको प्रक्रिया जारी रहेको छ भने प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend