काठमाडौं । सार्वजनिक लेखा समितिले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। बुधबार जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएको ढिलाइ र अनियमितताका विषयमा भएको छलफल पछि यस्तो निर्देशन दिएको हो।
समितिमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियाका विषयमा सर्वोच्च अदालतमा मुद्दा रहेको बताए । उनले सर्वोच्च अदालतमा मुद्दा रहेता पनि प्रचलित कानुन विपरीत नहुने गरी सम्बन्धित निकायलाई जबाफदेही हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
उनले भने, ‘उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा । प्रचलित कानुन विपरीत नहुने गरी सम्बन्धित निकायलाई जबाफदेही हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको छौँ।’

