काठमाडौँ । ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङको तालिका सार्वजनिक गरिएको सूचनाको गलत ब्याख्खा भएको बताएका छन् ।
आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लोड धान्न नसक्नेभएपछि साँझको समयमा पानी तान्ने पाइन नचलाउन भनिएको बताए । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको समेत बताए ।
उनले भने, ‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएकाल दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’

