२०८३, आश्विन २१ गते

images

मधेसको तिर्खा मेट्न एकजुट बनौँ : प्रकाश पौडेल

मधेसको तिर्खा मेट्न एकजुट बनौँ : प्रकाश पौडेल

सीएनएन खबर
आइतवार, श्रावण ११ २०८२०६:२४
सीएनएन खबर
आइतवार, श्रावण ११ २०८२०६:२४
  • images
    सामाजिक संस्था ‘सहारा’ ले मधेश प्रदेशमा व्याप्त खडेरी र खानेपानीको चरम अभावलाई मध्यनजर गर्दै ‘Water for Madhesh’ नामक एक विशेष नागरिक अभियानको थालनी गरेको छ।
     
    प्यासले छटपटाइरहेका मधेशका बासिन्दाहरूलाई राहत पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानले देशभरका नागरिकहरूलाई पानी सहयोगका लागि हार्दिक अपिल गरेको छ। लामो समयदेखिको वर्षा अभावका कारण वीरगञ्ज लगायत तराईका अधिकांश जिल्लाहरूमा इनार, कुवा र चापाकल सुकिसकेका छन्, जसले गर्दा दैनिक जीवनयापनमा समेत गम्भीर कठिनाइ उत्पन्न भएको छ।
    अभियानको मूल सन्देश “एक जनाले एक जनाको लागि सहयोग गरौँ, प्यासले पिरोलिएको मधेशमा पानी पठाऔँ” रहेको छ। 'सहारा' ले देशका विभिन्न स्थानबाट छुट्ने बस, ट्रक वा निजी सवारी साधनहरूमार्फत पानीका बोतलहरू भरेर पठाउन सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ।
     
    अभियानका संयोजक प्रकाश पौडेलका अनुसार, "हामीले जहाँबाट सक्छौं, त्यहीँबाट सानो सहयोग गरेर पनि मधेशका दाजुभाइ दिदीबहिनीलाई ठूलो राहत पुर्याउन सक्छौं। सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ।"
     
    अभियानले "पानी दिनुहोस् – जीवन बचाउनुहोस्" भन्ने मार्मिक सन्देशका साथ मानवीय भावना जगाउन खोजेको छ। यो अभियान केवल राहत कार्य मात्र नभएर, संकटमा परेकाहरूका लागि सहानुभूति र राष्ट्रिय एकताको प्रतीक बन्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend