२०८३, आश्विन २१ गते

images

'ग्लोबल हिरो अवार्ड’ पाएपछि कुलमानले भने: संसारभरिका नेपालीलाई जोड्दै जाओस्

'ग्लोबल हिरो अवार्ड’ पाएपछि कुलमानले भने: संसारभरिका नेपालीलाई जोड्दै जाओस्

सोमवार, श्रावण १२ २०८२१२:५५
सोमवार, श्रावण १२ २०८२१२:५५
  • images

    काठमाडौं । नेपाल विद्यत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि ‘हामी नेपाली ग्लोबल हिरो अवार्ड’ प्राप्त गरेका छन्। 

    अमेरिकाको न्युयोर्क सहरस्थित ‘हामी नेपाली ग्लोबल सेसेल्स’ले भव्य समारोहका बीच राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँगै घिसिङलाई पनि सो अवार्ड प्रदान गरेको हो। 


    अवार्ड ग्रहणपछि घिसिङले अवार्ड प्रदान गर्ने संस्थालाई धन्यवाद दिँदै यस्तो कारेयले संसारभरिका नेपालीलाई जोड्दै जाने विश्वास पनि व्यक्त गरेका छन्।

    उनले भनेका छन्, ‘न्युयोर्कमा मलाई ग्लोबल हिरो अवार्डबाट सम्मानित गर्नुभएकोमा हामी नेपाली ग्लोबल संस्थाका अमृत लामालगायत सम्पूर्ण टिमलाई धन्यवाद। यस्तै कार्यले संसारभरिको नेपालीहरूलाई जोड्दै जाओस्। शुभकामना।’

    राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप सांसद शाही र विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको हो।

    न्युयोर्कमा आयोजित अवार्ड प्रदान समारोहमा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उल्लेख्य उपस्थिति थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend