२०८३, आश्विन २१ गते

images

कोशी प्रदेशको नाम संशोधन

कोशी प्रदेशको नाम संशोधन

शनिवार, श्रावण १७ २०८२०६:४६
शनिवार, श्रावण १७ २०८२०६:४६
  • images

    काठमाडौँ । कोशी प्रदेश सरकारको आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुनेगरी संशोधन गर्ने निर्णय गरेको छ ।

    प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम संशोधन गरी प्रदेश सरकारका सम्पूर्ण कार्यालयका ‘लेटरहेड’ र ‘साइनबेर्ड’मा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

    त्यसैगरी, कोशी प्रदेश सरकारको तथ्याङ्कसम्बन्धी कार्यालयलाई व्यवस्थित गर्न ब्नेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश स्वास्थ्य नीति–२०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालय, विभाग, निकाय र कार्यालयहरूमा कर्मचारीको अस्थायी दरब्न्दीलाई स्वीकृत गर्ने निर्णय गरेको मन्त्री भण्डारीले बताए । 

    कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ लाई प्रदेशसभामा विधेयकका रूपमा पेस गर्ने निर्णय गरिएको छ ।

    कोशी प्रदेशमा रहेका शैक्षिक परामर्श तथा भाषा शिक्षण कक्षा सञ्चालनसम्बन्धी विकेयकलाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend