२०८३, आश्विन २१ गते

images

अब ग्यास बिक्री गर्न प्रमाणीकरण गर्नुपर्ने

अब ग्यास बिक्री गर्न प्रमाणीकरण गर्नुपर्ने

सीएनएन खबर
शनिवार, भाद्र १ २०८१०५:२९
सीएनएन खबर
शनिवार, भाद्र १ २०८१०५:२९
  • images

    काठमाडौँ । नेपाल आयल निगमले बिक्रेता प्रमाणीकरण बिना अब ग्यासको बिक्री वितरणमा रोक लगाउने भएको छ । लामो समयदेखि बिक्री प्रमाणीकरणको तयारी थालेको निगमले आगामी मंसिर १ गतेदेखि अनिवार्य गर्न लागेको हो । 

    निगमले एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ लगायतसँग छलफल गरी आगामी मंसिर १ गतेदेखि उक्त अवधारणा अनिवार्य रुपमा लागु गर्ने तयारी थालेको हो । 

    छलफलले बिक्रेता प्रमाणीकरणका गरिसक्नुपर्ने मितिसमेत तोकेको छ । ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापाले विगतमा केही समय लागु भएर बन्द रहेको बिक्रेता प्रमाणीकरणको अवधारणा मंसिर १ गतेबाट पूर्णरुपमा लागु हुने गरी निर्णय भएको बताएका छन् । 

    उनले भने, ‘विगत लामो समयदेखि बिक्रेता प्रमाणीकरणको कुरा उठिरहेको थियो । ती उठान भएका विषयलाई कार्तिक मसान्तसम्म सबै बिक्रेताहरु प्रमाणीकरणको अवधारणामा आइसक्नुपर्ने र मङ्सिर १ गतेबाट विक्रेता प्रमाणीकरण पुनः कार्यान्वयनमा आउने गरी आज निर्णय भएको छ ।’

    विभिन्न कारणले बजारमा पुराना सिलिन्डरहरू आउने र त्यसले खतरा निम्त्याइरहेको सन्दर्भमा पनि घनिभुत छलफल भएको जानकारी दिँदै थापाले भने, ‘अब पुराना सिलिन्डरहरू उद्योगीले बिक्रेताहरू कहाँ नपठाउने र कथम कदाचित त्यस्ता सिलिन्डरहरू बिक्रेता कहाँ आइपुगेमा बिक्रेताले उपभोक्तालाई नपठाउने गरी कारोबार गर्ने सहमती भएको छ । उद्योग र बिक्रेता जिम्मेबार भएर कारोबार गर्नुपर्ने भएकाले यो विषय आएको भन्दै उपभोक्ताले पनि पुराना सिलिन्डर नलाने विषयमा चनाखो बन्नुपर्ने विषयबारे निर्णय भएको छ ।’

    अध्यक्ष थापाका अनुसार योसँगै मङ्सिर १ गतेबाट जनचेतना कार्यक्रमलाई पनि सँगसँगै अगाडि लैजाने भन्ने निर्णय भएको छ । उद्योगीले प्रमाणीकरण गरेर सरकारी निकायमा बुझाइदिने र आयल निगम, वाणिज्य विभाग, गुणस्तरसहित सबैतिर तथ्याँक राखेर अगाडि बढिनेछ ।

    निगमसँगको छलफलपछि भदौ १ गतेदेखि नै डिलर अर्थात् बिक्रेता प्रमाणीकरण थाल्ने र कार्तिक १ गतेभित्रमा सबै प्रमाणीकरण सकिसक्ने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए ।

    ग्यासको व्यवस्थित कारोबारका लागि बिक्रेता प्रमाणीकरण आवश्यक छ : अध्यक्ष थापा (अन्तरवार्ता) ग्यासको व्यवस्थित कारोबारका लागि बिक्रेता प्रमाणीकरण आवश्यक छ : अध्यक्ष थापा (अन्तरवार्ता)

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend