काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल ट्युडी अफिसमार्फत जारी हुँदै आएको भिजिटर पास बन्द गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै साउन २७ गते अर्थात आजदेखि मंगलबारदेखि भिजिटर पास बन्द गर्ने निर्णय विमानस्थल सुविधादेय समितिले निर्णय गरेको जनाएको छ।
यसैगरी कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आगमन गर्ने सहायता आवश्यक पर्ने बृद्धबृद्धा, शारीरिक रुपमा फरक क्षमता भएका, गर्भवती एंव नाबालक यात्रुहरुका लागि सहायता कक्षको व्यवस्था निरन्तर रहेको जनाइएको छ।
साथै व्हिलचेयरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भइरहेको जनाइएको छ। चेक इन ब्यागेज संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकोले सोही व्यवस्थालाई पालना गरिदिन समेत अनुरोध गरिएको छ।

