२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई...

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु

सोमवार, भाद्र २ २०८२०४:३५
सोमवार, भाद्र २ २०८२०४:३५
  • images

    काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट–१मा पहिरोका कारण आज दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् । 

    रघुगङ्गा गाउँपालिका–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिटभन्दा माथिबाट खस्दा दुई जनाको मृत्यु भएको हो । घटनामा घाइते पाँच जना लाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

    “घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक जना नेपाली, एक जना विदेशीको शव भेटिएको र पाँच जना घाइते भएको जानकारी दिएका छन्,” उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend