२०८३, आश्विन २१ गते

images
  • अटो
  • नाडा अटो शोमा सुजुकी इ–भितारा प्रदर्शन,...

नाडा अटो शोमा सुजुकी इ–भितारा प्रदर्शन, पर्वोत्सव अन्तर्गत १ वर्ष शून्य ब्याज, १० भाग्यशाली ग्राहकलाई सुनको बहार

नाडा अटो शोमा सुजुकी इ–भितारा प्रदर्शन, पर्वोत्सव अन्तर्गत १ वर्ष शून्य ब्याज, १० भाग्यशाली ग्राहकलाई सुनको बहार

मंगलवार, भाद्र ३ २०८२०३:५१
मंगलवार, भाद्र ३ २०८२०३:५१
  • images

    काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको इभि इ– भितारा नाडा अटो शो २०८२मा प्रदर्शनी गरेको छ ।  साथै सो अटो शोमा दशैं तिहार भरीका लागी लक्षित हुने गरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ । 

    यो योजना अन्तर्गत ग्राहकले छ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, छ वर्षको लागि निः शुल्क पी.यम.एस पाट्र्स, दुई लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पाउन  सक्नेछन् । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ, भने १० भाग्यशाली ग्राहकले एक एक तोला सुन जित्न सक्नु हुनेछ । साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ ।  यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ । 

    सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी भख्ष्तबचब सार्वजनिक गर्दै, नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ। विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि, र भरपर्दो सुजुकी डिएनए को उत्कृष्ट सम्मिश्रणको इ– भितारा, नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको छ, जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ । 

    कम्पनीका अनुसार, भारतमा उत्पादन हुने यो ईभी १०० भन्दा बढी देशहरूमा बिक्री गरिनेछ । सुजुकीले भख्ष्तबचब को लञ्चसँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना बनाएको छ। ईभी मात्र नभई, कम्पनीले विभिन्न बजारहरूको आवश्यकता अनुसार ग्रीन मोबिलिटी समाधान प्रस्तुत गर्नेछ, जसमा ब्याट्री इलेक्ट्रिक, हाइब्रिड, बायोफ्युल्स प्रविधिहरूको संयोजन समावेश हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend