२०८३, आश्विन २१ गते

images
  • समाचार
  • गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेको अभियोगमा...

गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेको अभियोगमा ४३ व्यवसायीमाथि मुद्दा

गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेको अभियोगमा ४३ व्यवसायीमाथि मुद्दा

सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०१:५५
सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०१:५५
  • images

    काठमाडौं । गुणस्तरहीन तथा अस्वच्छ खाद्य वस्तु उत्पादन र बिक्री गरेको आरोपमा बारा र पर्साका ४३ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पर्साका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ती व्यवसायीहरूविरुद्ध जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो।

    कार्यालय प्रमुख सुरेशकुमार सिंहका अनुसार पाँच जना व्यवसायीविरुद्ध जिल्ला अदालत बारामा र एक जना व्यवसायीविरुद्ध जिल्ला अदालत पर्सामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ। त्यस्तै, बाराका २६ र पर्साका २ जना व्यवसायीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ।

    मुद्दामा समावेश उद्योगहरूमा तेल तथा घ्यूजन्य पदार्थ उत्पादन गर्ने २४, खाद्यान्न तथा दलहनसम्बन्धी पाँच, फलफूल तथा सागपातका दुई, कन्फेक्सनरी एक, गुलियो पदार्थका पाँच, दूध तथा दूधजन्य पदार्थका चार र दाना पदार्थ उत्पादन गर्ने दुई उद्योग रहेका छन्।

    खाद्य सुरक्षाको सुनिश्चितताका लागि कार्यालयले आव २०८१/८२ मा ५६ वटा होटल तथा रेष्टुरेन्ट र आठवटा हाटबजार तथा मेला महोत्सवमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा म्याद समाप्त भएका, लेबल विवरण नभएका, सडेगलेका र अखाद्य वस्तुहरू जफत गरिएको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend