२०८३, आश्विन २१ गते

images

अन्डाको भाउ बढ्यो, गोटाको २३ रुपैयाँ

अन्डाको भाउ बढ्यो, गोटाको २३ रुपैयाँ

सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०५:५६
सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०५:५६
  • images

    काठमाडौं । आज बिहीबारदेखि लागु हुने गरी अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले चितवनबाट लोड भएर देशभरि जाने अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढेको जानकारी दिए ।मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।

    यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ५ सय ३० रुपैयाँ कायम गरिएको छ । यसअघि प्रतिक्रेट ५ सय १५ रुपैयाँ थियो ।यस्तै सानो अन्डाको भाउ भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ । यसैगरी उपभोक्ता मूल्य पनि निर्धारण गरिएको छ । उपभोक्ताले अब प्रतिगोटा २३ रुपैयाँ र २ गोटाको ४५ रुपैयाँ मूल्य तिर्नुपर्ने छ ।

    सचिव पोखरेलले अन्डाको मूल्य बढ्दै जाने बताए । उनले भने, ‘अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन्, हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण संकटमा छन् ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend