काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार (भदौ १३ गते) का लागि तरकारी, फलफूल र कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार, आज गोलभेँडा (ठूलो नेपाली) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो (नेपाली) ५३ रुपैयाँ, गाजर (लोकल) १२० रुपैयाँ, काउली (स्थानीय) १०० रुपैयाँ, पालुङ्गो साग १८० रुपैयाँ, च्याउ (डल्ले) ४२० रुपैयाँ, ब्रोकाउली ३०० रुपैयाँ र कुरिलो ४०० रुपैयाँमा बिक्री भइहेको छ।
फलफूलतर्फ, स्याउ (फुजी) प्रतिकिलो ३२०, केरा (दर्जन) १४५, अनार ३६०, नास्पाती (चाइनिज) २५०, किबी ४००, आभोकाडो ३५०, र पुदिना प्रतिकिलो १००० रुपैयाँ निर्धारण गरिएको छ।
मसला र अन्य सामग्रीमा अदुवा १२०, लसुन (चाइनिज) २२०, अकबरे खुर्सानी २३०, ताजा माछा (रहु) ३५० र राजा च्याउ ३०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

