२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • काठमाडौंका यी क्षेत्रमा कर्फ्यु आदेश जारी,...

काठमाडौंका यी क्षेत्रमा कर्फ्यु आदेश जारी, के के गर्न पाइँदैन ?

काठमाडौंका यी क्षेत्रमा कर्फ्यु आदेश जारी, के के गर्न पाइँदैन ?

सोमवार, भाद्र २३ २०८२०१:००
सोमवार, भाद्र २३ २०८२०१:००
  • images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। 

    जेनजी प्रदर्शनले निषेधित क्षेत्र तोड्दै बानेश्वरकेन्द्रित भएपछि भीड प्रहरी नियन्त्रणबाहिर पुगेको थियो। सो क्रममा प्रदर्शनकारी संसद्को गेट नाघेर भवनभित्रै छिरेका हुन्। 

    प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा समेत भीड नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। 


    काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वरचोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यु आदेशजारी भएको छ। 

    यसअवधिमा आवतजावत, भेला, जुलुस, घेराउलगायतका काम गर्न नपाइने भनिएको छ। 

    cor.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend