२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा...

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा १० प्रतिशत छुट

सोमवार, भाद्र २३ २०८२०५:१९
सोमवार, भाद्र २३ २०८२०५:१९
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो ।

    सम्झौता अनुसार बैंकका ग्राहकले हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्  । यसका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

    बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने र मुलुकमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend