२०८३, आश्विन २० गते

images

जेनजीकाे प्रदर्शन र कर्फ्युका कारण आज बैंक बन्द हुने

जेनजीकाे प्रदर्शन र कर्फ्युका कारण आज बैंक बन्द हुने

मंगलवार, भाद्र २४ २०८२०९:०३
मंगलवार, भाद्र २४ २०८२०९:०३
  • images

    काठमाडौँ देशैभर प्रदर्शन चर्किएपछि बैंक तथा वित्तीय संस्था नखुल्ने भएका छन् । जेनजीको प्रदर्शनमा राज्यले दमन गरेसँगै आक्रोश बढेपछि संयमताका लागि बैंकहरु बन्द गर्न लगिएको हो ।

    जेनजीको प्रदर्शन रोक्न प्रशासनले काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरिएको छ भने देशका विभिन्न सहरमा पनि कर्फ्यु लगाइएको छ । सोही परिस्थितिलाई मध्यनजर गर्दै नेपाल बैंकर्स संघले मंगलबार बैंकहरुको शाखा नखोल्ने निर्णय गरेको हो ।

    बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले निषेधाज्ञा जारी भएको क्षेत्रमा बैंकका शाखा नखोल्ने निर्णय भएकाे बताए।

    उनले नेपाल राष्ट्र बैंकसँग समन्वय गरेरै बैंक नखोल्ने निर्णयमा पुगेको बताए ।

    बैंकरले अन्यत्रसमेत प्रदर्शन फैलने अनुमानसहित बैंक वित्तीय संस्थामा पनि तोडफोड र आगजनीको जोखिम रहेको निष्कर्ष निकालेका छन् ।

    सोमबारको प्रदर्शनमा राज्यले हिंसात्मक कदम चाल्दा १९ जनाको मृत्यु भएको छ भने सयौं युवा घाइते बनेका छन् ।

    मंगलबारको सम्भावित जोखिम मध्यनजर गर्दै देशका विभिन्न स्थानमा कर्फ्यु लागेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend