२०८३, आश्विन २३ गते

images
  • समाचार
  • पुँजी बजारमा देखिएका समस्या समाधान गर्द...

पुँजी बजारमा देखिएका समस्या समाधान गर्द कार्यदल गठन, ५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

पुँजी बजारमा देखिएका समस्या समाधान गर्द कार्यदल गठन, ५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

शुक्रवार, आश्विन ३ २०८२०१:१६
शुक्रवार, आश्विन ३ २०८२०१:१६
  • images

    काठमाडौँ । पुँजी बजारमा देखिएका समस्या र लगानीकर्ताको मनोबल बढाउन कार्यदल गठन गरिएको छ । अर्थमन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

    कामु कार्यकारी निर्देशक केसीको संयोजकत्वमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल सदस्य र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिव तोकिएको छ । 

    मन्त्रालयका सहसचिव एंवम् प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो । 

    अर्थमन्त्रीस्तरको निर्णयानुसार कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend