२०८३, आश्विन २० गते

images
  • समाचार
  • पहिरोले १३ घण्टा अवरुद्ध नारायणगढ–मुग्लिन सडक,...

पहिरोले १३ घण्टा अवरुद्ध नारायणगढ–मुग्लिन सडक, सयौं यात्रु रातभर सडकमै अलपत्र

पहिरोले १३ घण्टा अवरुद्ध नारायणगढ–मुग्लिन सडक, सयौं यात्रु रातभर सडकमै अलपत्र

शनिवार, आश्विन ४ २०८२०७:३०
शनिवार, आश्विन ४ २०८२०७:३०
  • images

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ खसेको ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ ६:०० बजेपछि सुरु भएको पहिरोले करिब १०० मिटर सडक पूर्ण रूपमा ढाकेको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो झण्डै १०० मिटर माथिबाट खसेको हो, जसले गर्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध बनेको छ।

    रातभर लगातार ढुङ्गा र माटो खसिरहेकाले उद्धार कार्य अघि बढाउन कठिन भएको थियो। रातको समयमा पहिरो पन्छाउन जोखिमपूर्ण हुने भएकाले काम रोकिएको थियो। आज बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने कार्य सुरु गरिएको छ। हाल दुवैतर्फबाट एक–एक वटा लोडर परिचालन गरिएको छ भने सेती दोभान क्याम्पबाट थप एक स्काभेटर पनि घटनास्थलतर्फ पठाइएको छ।

    सडक अवरुद्ध हुँदा सयौं यात्रु सवारीसहित रातभर सडकमा अलपत्र परेका छन्। पानी, खाना र आरामको उचित व्यवस्था नभएकाले यात्रुहरू निकै समस्या भोग्न बाध्य भएका छन्। लामिछानेका अनुसार थप पहिरो नखसेमा करिब चार घण्टामा सडक खुल्न सक्ने अनुमान गरिएको छ। शुक्रबार दिउँसो पनि यस क्षेत्रमा साना पहिरोहरू खसेका थिए, जसलाई पन्छाएर केही समय सवारी सञ्चालन गरिएको थियो। तर साँझ फेरि ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend