२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मुग्लिन–नारायणगढ सडकखण्डमा राति ९ बजेपछि सवारी...

मुग्लिन–नारायणगढ सडकखण्डमा राति ९ बजेपछि सवारी आवागमन रोकिँदै

मुग्लिन–नारायणगढ सडकखण्डमा राति ९ बजेपछि सवारी आवागमन रोकिँदै

आइतवार, आश्विन ५ २०८२०८:०३
आइतवार, आश्विन ५ २०८२०८:०३
  • images

    काठमाडौं । पहिरोका कारण ४२ घण्टा ठप्प भएको मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले एकतर्फी सवारी सञ्चालनमा आए पनि राति सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।

    चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोलानजिक खसेको पहिरो पन्छाइएपछि सडक खुले पनि अझै जोखिम नटरेको जिल्ला सुरक्षा समितिले जनाएको छ। राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी प्रवेशमा रोक लगाइनेछ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, तुइन खोलानजिक अझै पनि साना पहिरो खस्ने क्रम जारी रहेको छ। रातिको समयमा दुर्घटना र जनधनको क्षति हुनसक्ने भन्दै सावधानीस्वरूप यातायात रोकिने निर्णय गरिएको हो।

    शुक्रबार बेलुकादेखि खसेको पहिरो शनिबार बिहानबाट हटाउने प्रयास सुरु गरिएको थियो। तर लगातार पहिरो खसिरहँदा आइतबार अपराह्न ४ बजेसम्म मात्रै सडक सुचारु हुन सकेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend