२०८३, आश्विन २३ गते

images
  • समाचार
  • राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की...

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

आइतवार, आश्विन ५ २०८२०८:०९
आइतवार, आश्विन ५ २०८२०८:०९
  • images

    काठमाडौं । देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको नयाँ प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा टेकेन्द्र कार्की नियुक्त भएका छन्। हुतराज थापा बिदामा गएपछि रिक्त रहेको उक्त पदमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

    कार्की र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीबीच प्रतिस्पर्धा रहे पनि अन्ततः कार्कीले बाजी मारेका छन्। दुवै अधिकारीले २०५३ सालमा अनुसन्धान अधिकृतका रूपमा सेवामा प्रवेश गरेका थिए।

    जुम्ला निवासी कार्की डेढ महिनाअघि मात्र अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए। नियुक्तिका क्रममा शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जोशीको पक्षमा, जबकि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कार्कीको पक्षमा लबिङ गरेका थिए। अन्ततः खड्काको सिफारिसले प्रभाव पारेको बताइएको छ।

    गोप्य सुराकी र राष्ट्रिय सुरक्षा सञ्जाल निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अनुसन्धान विभाग प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend