२०८३, आश्विन २३ गते

images
  • समाचार
  • सरकारको प्रष्टोक्तिः कार्यबोझ बढी भएका निकायमा...

सरकारको प्रष्टोक्तिः कार्यबोझ बढी भएका निकायमा थप दरबन्दी उपलब्ध, वृत्तिविकासमा कुनै असर नपर्ने

सरकारको प्रष्टोक्तिः कार्यबोझ बढी भएका निकायमा थप दरबन्दी उपलब्ध, वृत्तिविकासमा कुनै असर नपर्ने

बुधवार, आश्विन ८ २०८२०९:०९
बुधवार, आश्विन ८ २०८२०९:०९
  • images

    काठमाडौँ । सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ दरबन्दी मिलान गर्र्न लागिएको स्पष्ट पारेको छ ।

    गत भदौ ३१ गतेको सचिवहरूको बैठकले गरेको निर्णयका सन्दर्भमा असपष्ट भएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यबोझ भएका क्षेत्रमा कर्मचारीको थप दरबन्दी उपलब्ध गराइने उल्लेख गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालका अनुसार कार्यबोझ बढी भएका कारण सेवा प्रवाहमा कठिनाइ भएका निकायहरूमा दरबन्दी व्यवस्थापन गर्ने प्रयोजनका लागि सचिवस्तरीय बैठकले निर्णय गरेको उल्लेख गरे। दरबन्दी मिलान गर्दा कर्मचारीको वृत्तिविकासमा कुनै असर नपर्नेगरी गरिने उल्लेख छ । 

    अस्पष्ट भएको विषयमा थप प्रष्ट पारिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले मङ्गलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend