२०८३, आश्विन २० गते

images
  • समाचार
  • अबदेखि सबै डिजिटल कारोबारको अन्तिम सेटलमेन्ट...

अबदेखि सबै डिजिटल कारोबारको अन्तिम सेटलमेन्ट राष्ट्र बैंकको प्रणालीबाट हुने

अबदेखि सबै डिजिटल कारोबारको अन्तिम सेटलमेन्ट राष्ट्र बैंकको प्रणालीबाट हुने

सोमवार, आश्विन २७ २०८२०८:२८
सोमवार, आश्विन २७ २०८२०८:२८
  • images

    काठमाडौं। अबदेखि नेपालमा हुने सम्पूर्ण डिजिटल कारोबारको अन्तिम राफसाफ (सेटलमेन्ट) नेपाल राष्ट्र बैंकको प्रणालीमार्फत हुने भएको छ। राष्ट्र बैंकले ''नेसनल पेमेन्ट स्विच'' (National Payment Switch) सम्बन्धी सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै उक्त योजना कार्यान्वयनमा ल्याउने तयारी गरेको हो।

    हाल नेपाल पे, फोन पे, एससिटी लगायत आठ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरूले आ–आफ्नो प्रणालीमार्फत कारोबार गरिरहेका छन्। ती कारोबार हालसम्म सम्बन्धित सेवा प्रदायकका वाणिज्य बैंकमार्फत सेटल हुँदै आएको छ। अब भने कारोबारको अन्तिम सेटलमेन्ट राष्ट्र बैंककै रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणालीमार्फत हुनेछ।

    राष्ट्र बैंकले यस योजनाबारे सरोकारवाला निकायसँग सल्लाह सुझाव मागेको छ। आवश्यक सुझाव र संशोधनपछि मात्रै यो व्यवस्था कार्यान्वयनमा ल्याइने जनाइएको छ।

    नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले सञ्चालन गरिरहेको नेशनल पेमेन्ट स्विच प्रणालीमार्फत सबै डिजिटल कारोबार राष्ट्र बैंकको प्रणालीमा पुग्नेछ। यसले डिजिटल कारोबारको पारदर्शिता, विश्वसनीयता र निगरानी क्षमतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

    हाल RTGS प्रणालीमा २० लाख रुपैयाँभन्दा माथिका कारोबार अनिवार्य छन्। अब नयाँ योजनाअनुसार न्यूनतम २ लाख रुपैयाँदेखि पनि यस प्रणालीमार्फत कारोबार गर्न सकिनेछ।

    विशेषज्ञहरूका अनुसार, कारोबारको अन्तिम सेटलमेन्ट राष्ट्र बैंककै प्रणालीमार्फत गरिनुले सम्पूर्ण देशभरिका डिजिटल कारोबारको तथ्यांक एकै ठाउँमा उपलब्ध हुने, प्रणालीबीचको अन्तर-समन्वय सुनिश्चित हुने, र डिजिटल भुक्तानी प्रणालीलाई अझ सुरक्षित र प्रभावकारी बनाउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend