२०८३, आश्विन २१ गते

images
  • समाचार
  • तिहारमा चिनीको कुनै अभाव छैन, मूल्य...

तिहारमा चिनीको कुनै अभाव छैन, मूल्य पनि यथावत् : बजारमा प्रशस्त आपूर्ति

तिहारमा चिनीको कुनै अभाव छैन, मूल्य पनि यथावत् : बजारमा प्रशस्त आपूर्ति

सीएनएन खबर
मंगलवार, आश्विन २८ २०८२०१:२४
सीएनएन खबर
मंगलवार, आश्विन २८ २०८२०१:२४
  • images

    काठमाडौं । तिहारजस्तो मिठास र रङ्गको चाडमा चिनीको अभाव हुने कि भन्ने उपभोक्ताको चिन्ता यसपालि भने समाधान भएको छ । सरकारी निकायहरू, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पर्याप्त मात्रामा चिनीको मौज्दात सुनिश्चित गरेका छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाल बजारमा ३० हजार टनभन्दा बढी चिनी स्टकमा छ, जुन तिहार र छठजस्ता चाडपर्वको माग धान्न पर्याप्त छ । साथै, भारतबाट नियमित रूपमा चिनी आयात भइरहेकाले आपूर्तिमा कुनै बाधा छैन ।

    सरकारी सक्रियताका कारण विगतमा देखिएको कृत्रिम अभाव र मूल्यवृद्धिको जोखिम पनि न्यूनीकरण भएको छ । अहिले खाद्य कम्पनी चिनी प्रतिकिलो ९७ रुपैयाँ ५० पैसामा, साल्ट ट्रेडिङले ९५ रुपैयाँमा बिक्री गरिरहेको छ, जुन उपभोक्ताले सहज रूपमा किन्न सक्ने स्तरमा छ ।

    चिनीको आपूर्ति सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायहरू निरन्तर सक्रिय रहेका छन्, जसले बजारमा सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

    यसैगरी, चाडबाडपछि उखु क्रसिङ सिजन सुरु हुने भएकाले भविष्यमा पनि चिनी आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ । यसपालिको तिहारमा चिनी फालाफाल मात्र छैन, मूल्य पनि स्थिर छ, जसले उपभोक्तालाई राहत प्रदान गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend