२०८३, आश्विन २० गते

images
  • समाचार
  • आयल निगमले दियो जेनजी मृतक सुवास...

आयल निगमले दियो जेनजी मृतक सुवास बोहोराकी आमालाई रोजगारी

आयल निगमले दियो जेनजी मृतक सुवास बोहोराकी आमालाई रोजगारी

बिहिवार, आश्विन ३० २०८२१०:५८
बिहिवार, आश्विन ३० २०८२१०:५८
  • images

    काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा परेर मृत्यु भएका सुवास बोहोराकी आमालाई नेपाल आयल निगमले रोजगारी दिएको छ । 

    निगम अन्तरगतको हवाई इन्धन डिपो सिनामंगलले मृतक सुवास बोहोराकी आमा कैलीदेवी बोहरालाई बुधबार रोजगारी दिदैँ सम्झौतामा हस्ताक्षर गरेको हो । जेनजी आन्दोलनमा ज्यान गुमाए पछि उनकी आमा विचल्लीमा परेकी छिन् ।

    आन्दोलनमा सहादत प्राप्त गरेका सुवासकी आमालाई जीवन जिउन सहयोग पुगोस भनेर रोजगारी प्रदान गरेको नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले बताए । निगमले ज्यालादारीमा कैलीदेवी बोहोरालाई नियुक्ति दिएको छ ।  

    जेन(जी प्रतिनिधिहरुको आग्रहमा अवसर दिएको उनले बताए । बोहोराले नियुक्ति लिँदा जेन–जी प्रतिनिधिहरु शिव यादव, उपार्जुन चाम्लिङ, अप्सना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, खेमराज साउद र गुञ्जन साही आयल निगमको डिपो सिनामंगल पुगेका थिए ।  

    बोहोरासहित आन्दोलनमा ज्यान गुमाएका अर्का ओजेन बुढाका बुवा मणिलाललाई चितवनस्थित भण्डारण क्षमता अभिवृद्धि परियोजनामा जागिर दिइएको छ । त्यसैगरी, आन्दोलनकै क्रममा कोटेश्वर चोकमा मृत्यु भएका महेश बुढाथोकीका भाइ उमेशलाई सिमरास्थित हवाइ इन्धन कार्यालयमा सुरक्षा गार्डको रोजगारी दिन लागिएको यादवले बताए ।

    निगमको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयमा कार्यरत करिब डेढ सय कर्मचारीले जेन–जी आन्दोलनमा मृत्यु र घाइते भएका परिवारलाई दुई लाख ७० हजार रुपैयाँ सहयोग दिएका थिए । आयल निगमका उपनिर्देशक रामहरि निरौलाले पाँच मृतकका परिवार र सातजना घाइतेलाई सो रकम हस्तान्तरण गरेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend