२०८३, आश्विन २१ गते

images
  • समाचार
  • घरजग्गा कारोबारबाट असोजमा दुई अर्ब ७५...

घरजग्गा कारोबारबाट असोजमा दुई अर्ब ७५ करोड राजस्व सङ्कलन, कन मालपोतले कति कमाए ?

घरजग्गा कारोबारबाट असोजमा दुई अर्ब ७५ करोड राजस्व सङ्कलन, कन मालपोतले कति कमाए ?

बुधवार, कार्तिक ५ २०८२०९:०१
बुधवार, कार्तिक ५ २०८२०९:०१
  • images

    काठमाडौँ । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व संकलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो । 

    चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व सङ्कलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

    विभागका अनुसार गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्क एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ सङ्कलन भएको छ । 

    विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँले २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व सङ्कलन गरेको छ ।

    यसैगरी मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक झापाले दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाडौँले चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

    गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ । यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, रोक्का २३ हजार नौ सय १४, फुकुवा १७ हजार नौ सय ३० भएको छ । विभागका अनुसार सो महिनामा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend