२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ढुंगा खस्ने क्रम रोकिएपछि मुग्लिन–नारायणगढ सडकमा...

ढुंगा खस्ने क्रम रोकिएपछि मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन पुनः सुचारु

ढुंगा खस्ने क्रम रोकिएपछि मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन पुनः सुचारु

शुक्रवार, कार्तिक १४ २०८२१०:१९
शुक्रवार, कार्तिक १४ २०८२१०:१९
  • images

    काठमाडौं । ।केही घण्टासम्म रोकिएको मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि सवारी आवागमन सुरु भएको छ। शुक्रबार बिहान तुइनखोला पुल नजिकै पहरोबाट लगातार ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, ढुंगा खस्ने क्रम रोकिएपछि अहिले दुबै तर्फका सवारी साधनहरूलाई आवागमन गर्न अनुमति दिइएको छ। डिभिजनले पहिरोले रोकिएका ढुंगाहरू मेसिनको सहायताले हटाउने कार्य पनि सुरु गरेको जनाएको छ।

    सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, वर्षातको समयमा यस क्षेत्र पहिरोको उच्च जोखिममा पर्ने भएकाले चालक र यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ। “सडक खुलिसकेको छ तर अझै पनि पूर्ण रूपमा सुरक्षित भन्न सकिँदैन,” उनले भने।

    यस सडक खण्ड देशको पूर्व–पश्चिम आवागमनका लागि प्रमुख मार्ग भएकाले सडक अवरुद्ध हुँदा यात्रुहरूलाई ठूलो असुविधा भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend